नेपालमा थप ७ सय ३६ जनामा कोरोना पुष्टि

कुल संक्रमितको संख्या २ लाख ५० हजार ९१६

काठमाडौँ, नेपालमा थप ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७ सय ३६ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५० हजार ९१६ पुगेको छ ।पछिल्लो २४ घण्टामा ८४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ३९ हजार ४१६ स‌ंक्रमणमुक्त भएका छन् ।

आज कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७४३ पुगेको छ ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या ९ हजार ७५७ रहेको छ ।