अधिवेशन माग गर्दै नेकपा सांसद पुगे शीतलनिवास
प्रकासित मिति : २०७७ पुस १, बुधबार १४:४०
प्रकासित समय : १४:४०
काठमाडौँ, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसदहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन्।
बुधबार दिउँसो सांसद भीम रावल, पम्फा भुसालसहितको टोली सांसदहरुको हस्ताक्षरसहित संसदको विशेष अधिवेशन माग गर्दै शीतलनिवास पुगेको स्रोतले जनाएको छ ।
यस्तै, हाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्थायी कमिटी बैठक बसिरहेको छ । बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित रहेका छन् ।