अध्यादेशबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ, संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे छलफल गर्न कांग्रेसले पदाधिकारी बैठक तय गरेको छ । 

संविधानले परिकल्पना गरे विपरीत प्रतिपक्षी दलको नेता र सभामुखविना नै बैठकबाट निर्णय गर्न सकिने गरी संवैधानिक परिषद्सम्बन्धी ऐनमा संशोधन गर्न अध्यादेश जारी गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बैठक बोलाएको कांग्रेस नेता रामशरण महतले बताएका छन् ।

आज दिउँसो १ बजे बोलाइएको बैठकमा पदाधिकारीसहित पूर्वपदाधिकारी र शीर्ष तहका नेताहरूलाई बोलाइएको छ । बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने भएको छ ।

यसअघि राष्ट्रपतिबाट अध्यादेश जारी भए पनि सभापति देउवाले यसप्रति कांग्रेसको स्पष्ट विमति रहेको प्रारम्भिक प्रतिक्रिया दिएका थिए ।