बिनायक जाँदै गरेको टिप्पर कर्तिपुरमा दुर्घटना
प्रकासित मिति : २०७७ पुस १, बुधबार ०९:५७
प्रकासित समय : ०९:५७
अछाम, अछामको कमलबजार नगरपालिका ५ स्थित किर्तिपुरमा टिप्पर दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । साथै दुर्घटनामा परी दुई जना गम्भीर घाईते भएका छन् ।गैरिटाड बजार देखि पन्चदेवल विनायक जाँदै गरेको से १ ज ५५४ नम्बरको टिप्पर कमलबजार नगरपालिका वडां न. ५ किर्तिपुरमा दुर्घटना हुदा कैलालीका अन्दाजी ४० बर्षिय प्रकाश थारुको मृत्यु भएको हो ।
साथै टिप्परमा सवार डडेल्धुराका डम्वर साउद र वैतडिका याेगेश कठायत घाईते भएका छन् । घाईतेहरुको अवस्था चिन्ताजनक रहेको बताईएको छ । उनिहरु दुवैलाई जिल्ला अस्पताल मंगलसेनमा उपचार भैरहेको बताईएको छ ।
घटना सम्बन्धि थप बिवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
घटनास्थल कमलबजार र बिनायक नगरपालिकाको सिमानामा नजिकै पर्छ । अपरान्ह ५:५२ तिर टिप्पर सडकवाट करिब ५०० मिटर तल खसेको थियो ।