राज्यको नियन्त्रणमा रहेका नेताको मृत्यु प्रकरणबारे छानवीन गर्न विप्लवको माग

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द’विप्लव’ले राज्यको नियन्त्रणमा रहेका आफ्ना नेताको अस्वभाविक मत्यु प्रकरणबारे छानवीनका लागी अधिकारकर्मी संग माग गरेका छन् ।विप्लवले मंगलबार एक विज्ञप्ति जारी गर्दै म्याग्दीका नेता जगेन्द्र पुन (जगत)को मृत्युप्रकरणबारे सत्यतथ्य छानविन गरी सत्य तथ्य छानविन गर्न अधिकारकर्मी संग माग गरेको हुन ।

त्यस्तै महासचिव विप्लवले पुनको अस्वभाविक मृत्युबारे आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको वताए । नियन्त्रणमा रहेका नेता पुनको उपचार नपाएर मृत्यु भएको समेत वताए ।

उनले बिरामी भएको जानकारी गराउँदा समेत समयमै उपचार कार्यमा बेवास्ता गरी जेल प्रशासनसमेत अपरधिक कार्यमा संलग्न रहेको आरोप लगाए ।

‘राज्यको नियन्त्रणमा रही विरामी अवस्थामा समेत उपचार नपाई मृत्यु भएको घटनाले राज्यको बास्तबिक चरित्र र राजबन्दीप्रतिको व्यवहार छर्लंग भएको छ,’ महासचिव विप्लवले लेखेका छन् ‘ आफु बिरामी भएको जानकारी गराउँदा समेत समयमै उपचार कार्यमा बेवास्ता गरी जेल प्रशासनसमेत अपराधिक कार्यमा संलग्न रहेको स्पष्ट हुन्छ।’

विप्लवले घटनाबारे छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कडा कारवाही गर्न समेत माग गरेका छन् ।

यस्तो छ विज्ञप्ति