अध्यादेश सत्ता स्वार्थको परकाष्ठाः जनार्दन शर्मा
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता जनार्दन शर्माले सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको बिरुद्ध अभिब्यक्ति दिएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत नेता शर्माले छलफल सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा लिनु भनेको असफलताको बाटो बाहेक केही हुन नसक्ने उल्लेख गर्दै जारी अध्यादेश फिर्ता लिन माग राखेका छन् ।
‘फेरि अध्यादेश सत्ता स्वार्थको परकाष्ठा किन रु छलफल सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा भनेको असफलताको बाटो बाहेक केही हुन सक्दैन । हतास मनस्थिति बाट मुक्त होऔ । अध्यादेश फिर्ता गर । नेता शर्माले अभिब्यक्ति दिएका छन् ।
मंगलबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी ९पहिलो संशोधन अध्यादेश २०७७ जारी गरेकी थिइन् ।