काँग्रेस सभापति देउवा संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने
प्रकासित मिति : २०७७ मंसिर ३०, मंगलवार १५:५६
प्रकासित समय : १५:५६
काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान बोलाएको बैठकमा सहभागी भएका देउवा साँझ बोलाइएको बैठकमा भने नजाने भएका हुन् । बिहानको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा नआएपछि बैठक साँझ ५ बजेका लागि बोलाइएको थियो ।
मंगलबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ९पहिलो संशोधन अध्यादेश, २०७७ जारी गरेकी थिइन् ।