ओलीले मागे प्रमुख सचेतकको राजीनामा
प्रकासित मिति : २०७७ मंसिर ३०, मंगलवार १५:४६
प्रकासित समय : १५:४६
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सचेतक देव गुरुङको राजीनामा मागेका छन् ।
पछिल्लोसमय चर्किएको आन्तरिक विवादमा असन्तुष्ट पक्षतर्फ लागेपछि प्रधानमन्त्री ओलीले गुरुङको राजीनामा माग गरेका हुन् । दुई दिन अघि बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले गुरुङको राजीनामा मागेको स्रोतले जनाएको छ ।
जवाफमा गुरुङले मुख्य सचेतकको भूमिका निर्वाहमा कानुन र नियम विपरित नभएकाले राजीनामाको माग असान्दर्भिक भएको जनाएका छन् । उनले हालको अवस्थाबारे अरुले जसरी नै आफूले पनि टिका टिप्पणी गरेको अडान राखेका थिए । गुरुङ पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधर हुन् ।