संवैधानिक अध्यादेश तत्काल खारेज गर्न प्रचण्डको माग
प्रकासित मिति : २०७७ मंसिर ३०, मंगलवार १५:३१
प्रकासित समय : १५:३१
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद् सम्बन्धी संशोधन अध्यादेशप्रति कडा आपत्ति जनाएका छन् ।
मंगलबार दिउँसो मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा १ बमोजिम संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ जारी गरेपछि कार्यकारी अध्यक्ष प्रचण्डले तत्काल खारेज गर्न माग राखेका हुन् ।
अध्यादेश असंवैधानिक, परिवर्तनविरोधी र कुनियतका साथ ल्याएको बताउँदै तत्काल खारेज गर्न माग गरेका हुन् । पार्टीमा परामर्श नगरी अध्यादेश ल्याएकोमा उनको असन्तुष्टि छ ।