मन्त्रिपरिषद् बैठक सम्पन्न
प्रकासित मिति : २०७७ मंसिर ३०, मंगलवार १३:४७
प्रकासित समय : १३:४७
काठमाडौं, मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ। बालुवाटारमा साढे ११ बजेदेखि सुरू भएको बैठक भर्खरै सम्पन्न भएको हो।
बैठकमा समसामयिक विषयमा मात्र छलफल भएको एक मन्त्रीले जानकारी दिएका छन् ।मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेकोमा यसपटक भने मंगलबार बसेको ती मन्त्रीले जानकारी दिएका छन् ।
मंगलबार बिहान संवैधानिक परिषद्को बैठक बसेको थियो । तर सो बैठकमा सभामुख अनुपस्थित भएलगत्तै बैठक स्थगित भएको थियो । उक्त बैठक स्थगित भएलगत्तै प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।