बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
प्रकासित मिति : २०७७ मंसिर ३०, मंगलवार १२:१०
प्रकासित समय : १२:१०
काठमाडौं, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक केहीबेर अघि सुरु भएको बताएका छन् ।संवैधानिक परिषद् बैठक स्थगित भएलगत्तै प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
मंगलबार बिहान संवैधानिक परिषद् बैठक सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि केहीबेर बसेर बैठक स्थगित भएको थियो ।