दुवै हात नभएको शिशुको जन्म
प्रकासित मिति : २०७७ मंसिर ३०, मंगलवार ११:४३
प्रकासित समय : ११:४३
कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरकी १८ वर्षीया युवतीले दुवै हात नभएको शिशुलाई जन्म दिएकी छन् ।
झलारीस्थित स्वास्थ्य चौकीको प्रसूती गृहमा करिना लुहारले सोमवार दुवै हात नभएको शिशुलाई जन्म दिएकी हुन्। पहिलो सन्ताका रुपमा जन्माएको शिशु स्वस्थ्य रहेको शिशुका बुवा शंकर लुहारले बताएका छन्।
शिशुको दुवै हात छैन, शंकरले भने आमा र शिशुको अबस्था अहिले सामान्य रहेको छ।