संवैधानिक परिषद् बैठक पुनः ५ बजे बस्दै
प्रकासित मिति : २०७७ मंसिर ३०, मंगलवार ११:२२
प्रकासित समय : ११:२२
काठमाडौं, संवैधानिक परिषद् बैठकमा सभामुख अग्निप्रसाद सापकोटा नआएपछि केहीबेर बसेर स्थगित भएको छ।प्रधानमन्त्रीले सो बैठक बेलुकी पाँच बजेका बस्नेगरी पुनः बोलाएका छन्।
यसैबीच प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक आजै केहि बेरमा बस्नेगरी बोलाएका हुन्।सभामुख सोपकोटा अनुपस्थित हुँदा गणपुरक संख्या नपुगेपछि संवैधानिक परिषदको बैठक स्थगित भएको हो।
बैठकमा प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना उपस्थित थिए।