संवैधानिक परिषद्को बैठकमा सभामुख सहभागी नहुने
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबारलाई बोलाएको संवैधानिक परिषद्को बैठकमा सापकोटा सहभागी नहुने भएका छन् । सभामुख सापकोटा समन्वयनको अभाव र पर्याप्त गृहकार्य नभएको भन्दै बैठकमा सहभागि नहुने सापकोटा निकट श्रोतले बताएको छ ।
प्रधानमन्त्री ओलीले संवैधानिक नियुक्तिका लागि पार्टीमा समेत कुनै छलफल नगरेको भन्दै सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत असन्तुष्ट रहेका छन् । भदौ २६ गतेको स्थायी समिति बैठकले राजनीतिक तथा संवैधानिक नियुक्ति गर्दा अध्यक्ष प्रचण्ड समेतको छलफल र आवश्यक्ताअनुसार पार्टीमा समेत छलफल गरेर मात्रै गर्ने निर्णय गरेको थियो ।
संवैधानिक निकायका अध्यक्ष र सदस्य गरी झण्डै ४५ पद रिक्त छन् । ति पदमा प्रधानमन्त्री ओलीले काँग्रेस सभापति शेरबहादुर देउवासँग सहमति जुटाएर नियुक्तिको तयारी गरेका छन् । यसअघि मंसिर २८ गते बोलाएको परिषद् बैठक पनि गणपुरक संख्या नपुगेर स्थगित भएको थियो ।