कांग्रेस सकियो भन्नेहरु पार्टीभित्र बिवाद हुदा ढोका ढक्ढक्याउँछन्ः विश्वप्रकाश शर्मा
काठमाडौँ, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारलाई सच्याउन आफूहरु सडकमा निस्केको बताएका छन् । सरकार विरुद्धको प्रदर्शनमा सोमबार हटौंडाको सभामा सम्बोधन गर्दै प्रवक्ता शर्माले वर्तमान सरकार सच्चिन जरुरी रहेको जनाएका छन् । उनले कांग्रेसलाई बाघको संज्ञा दिँदै जिस्क्याउने प्रयास नगर्न पनि सरकारलाई चेतावनी दिएका छन् ।
आज कांग्रेस यति भन्न आएको छ कि सुतेको बाघलाई जिस्काउने प्रयत्न नगर । कांग्रेसलाई जिस्क्याउने प्रयत्न नगर यसलाई आजको प्रदर्शनले जवाफ दिने उल्लेख गर्दै उनले भने कांग्रेस सकियो, दिन गयो भन्नेहरु, पार्टीभित्र रडाको मच्चिँदा कांग्रेसको ढोका ढक्ढक्याउनेहरुलाई भन्न चाहन्छु हामी सडकमै रहन्छौं।
प्रवक्ता शर्माले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएको पनि बताएका छन् । वाइडबडीको फाइल बन्द गरियो । पेट्रोल र डिजेल पहिला ५ रुपैयाँ र अहिले १० असुल्दै आइयो । अहिले चीनको विवादित गेजुवालाई दिएर भ्रष्टाचार गरियो । सेक्युरिटी प्रेस, स्वास्थ्य सामग्री खरीद र कात्रोमा पनि भ्रष्टाचार गरियो।’ उनले भनेका छन् ।