नेपालमा थप ८२१ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ मंसिर २९, सोमबार १६:१८
प्रकासित समय : १६:१८
काठमाडौं, नेपालमा थप ८२१ जनामा कोरोना पुष्टि भएको छ । यससँगै हालसम्म संक्रमित हुनेहरूको कुल संख्या २ लाख ४९ हजार २४४ पुगेको छ। हाल संक्रिय संक्रमितको संख्या १० हजार ९५५ छ।
नेपालमा कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरूको कुल संख्या १७ सय १६ पुगेको छ। त्यसैगरी, सोमबार थप ८४२ जना कोरोना संक्रमितका बिरामी निको भएका छन्।
यससँगै नेपालमा कोरोनाबाट निको हुनेहरूको कुल संख्या २ लाख ३६ हजार ५३३ पुगेको छ। हालसम्म १८ लाख ३६ हजार ४६४ पिसिआर नमुना परीक्षण भएको पनि मन्त्रालयले जनाएको छ।