ओलीकै कारण राजावादी सडकमा आएका हुनः देउवा

काठमाडौँ, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण राजावादी सडकमा आएको बताएका छन् ।

मकवानपुरको हेटौंडामा विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै देउवाले ओली सरकारकै कारण सडकमा राजा आऊ, देश बचाऊको नारा लागेको आरोप लगाएका छन् । अहिले राजा आउ देश बचाउ भन्दै सडकमा हिँडेको देखिन्छ ।

त्यो कम्युनिस्ट सरकार र ओलीकै कारण भएको हो उनले बताएका छन् ।यस्तै, देउवाले राजतन्त्र फर्किने भ्रममा नपर्न पनि आग्रह गरेका छन् ।