सुकुम्बासी बस्तीमा आगलागी

काठमाडौँ, राजधानीको शान्तिनगरस्थित सुकुम्बासी बस्तीमा आगलागी भएको छ ।

महानगरीय प्रहरी वृत्त तीनकुनेका अनुसार सोमबार दिउँसो ग्यास लिक भएर सुकुम्बासी बस्तीमा आगलागी भएको थियो । आगलागी नियन्त्रणमा लिन दमकल,नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली र स्थानीयवासी खटिएका छन् ।

हाल आगो नियन्त्रणमा आए पनि क्षतिको यकिन विवरण आउन नसकेको प्रहरीले जनाएको छ ।