सुर्खेतमा नेपाली कांग्रेस उत्रियो प्रदर्शनमा

सुर्खेत, बिरेन्द्रनगर सुर्खेतमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको छ । सोमबार मंगलगढि चोक देखि सुरु भएको र्‍याली बजार परिक्रम गरी विरेन्द्रचोक पुगेर कोण सभामा परिणत भएको थियो । कांग्रेसले सरकार सर्वसत्तावादको बाटोमा गएको, वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा प्रशासन र नेकपाले गरेको अवरोध, भ्रष्टाचार बढेको र कोरोना नियन्त्रण गर्न सरकार असफल रहेकोमा विरोध प्रदर्शन गरेको थियो । 

 कोणसभालाई सम्बोधन नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व सुचना तथा संचारमन्त्री शिवराज जोशीले गरेका थिए । बिरोध र्‍यालीमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व सुचना तथा संचार राज्यमन्त्री तप्त बहादुर विष्ट ,सुर्खेत जिल्ला सभापति कमल राज रेग्मी लगायत जिल्ला स्तरका नेता कार्यकर्ताको बाक्लाे उपस्थिती रहेको थियो ।

विभिन्न जिम्मेवारीसहित देशव्यापी विरोध प्रदर्शनका लागि शीर्ष नेताहरुलाई देशैभर खटाइएको छ । सभापति शेरबहादुर देउवाले आज हेटौंडाको प्रदर्शनलाई सम्बोधन गर्ने भएका छन् । यस्तै, उपसभापति विमलेन्द्र निधिले भक्तपुर, महामन्त्री शशांक कोइरालाले विराटनगर, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ। सहमहामन्त्री प्रकाशशरण महत झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषा र कृष्णप्रसाद सिटौला महोत्तरीको कार्यक्रममा सहभागी हुनेछन् भने गगन थापा कैलाली पुगेका छन् ।