व्यवस्था र सरकारविरोधी गतिविधि मृगतृष्णा मात्रैः गृहमन्त्री
प्रकासित मिति : २०७७ मंसिर २९, सोमबार १२:५८
प्रकासित समय : १२:५८
काठमाडौँ, गृहमन्त्री रामबहादुर थापा बादलले अहिलेको व्यवस्था र सरकारविरोधी गतिविधि केही समूहका मृगतृष्णा मात्रै भएको जनाएका छन् ।
प्रेस संगठन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पछिल्लो समय कोभिड– १९ ले उत्पन्न गरेको संकटबाट संविधानविरोधी शक्ति व्यवस्था र संविधानलाई उल्ट्याउने अवसर आएको निष्कर्षमा पुगे पनि तिनको सपना पूरा नहुने बताएका छन् ।
नेपाली जनताले उनीहरूको सपना कदापि पूरा हुन नदिने उनको भनाइ रहेको थियो । नेकपाका सचिवालय सदस्यसमेत रहेका बादलले पार्टीभित्रको अन्तरविरोध स्वाभाविक प्रक्रिया रहेको बताएका छन् ।
उनले अहिलेको जारी स्थायी कमिटीको बैठकले पार्टीभित्रको समस्या समाधान गर्ने विश्वास व्यक्त गरे ।