अर्काकी श्रीमती भगाएर लैजाने भारतीय पक्राउ
प्रकासित मिति : २०७७ मंसिर २९, सोमबार ११:३९
प्रकासित समय : ११:३९
कञ्चनपुर, जिल्लाको बेलौरी नगरपालिका–६ हात्तीबोझाका विमल रानाकी २० वर्षीया श्रीमती कञ्चन रानालाई भगाएर लैजाने भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
भारतको पिलिभित पुरनपुर बस्ने २२ वर्षका हजिम खानलाई सीमामा पक्राउ गरेको छ ।बेलौरी नगरपालिका–६ नयाँ गाउँस्थित मुख्य सीमास्तम्भ नम्बर ७७६ नजिकबाट भाग्दै गरेका बेला नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताए ।
भारतीय नागरिक खानलाई भारतीय एसएसवी जिम्मा लगाइएको छ भने भारतीयसँग भागेर जाने महिलालाई इलाका प्रहरी कार्यालय बेलौरीमा बुझाइएको छ ।