उपत्यकामा थप ३४८ जनामा कोरोना पुष्टि

काठमाडौँ, पछिल्लो २४ घण्टामा उपत्यकामा थप ३४८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २५८, ललितपुरमा ६५ तथा भक्तपुरमा २५ संक्रमित थपिएका छन् । 

आज देशभर थप ८ सय ३० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ५०० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हालसम्म २ लाख ३५ हजार ७३१स‌ंक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६९८ पुगेको छ ।