नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६९८ पुगेको छ । नेपालमा थप ८ सय ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ८ सय ३० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ ।

 पछिल्लो २४ घण्टामा १ हजार ५०० जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ३५ हजार ७३१स‌ंक्रमणमुक्त भएका छन् । नेपालमा हाल संक्रिय संक्रमितको संख्या १० हजार ९९४ रहेको छ ।