नेपालमा थप ८ सय ३० जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ मंसिर २८, आईतवार १६:२५
प्रकासित समय : १६:२५
काठमाडौँ, नेपालमा थप ८ सय ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ८ सय ३० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ५०० जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ३५ हजार ७३१संक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६९८ पुगेको छ ।
नेपालमा हाल संक्रिय संक्रमितको संख्या १० हजार ९९४ रहेको छ ।