प्रथम जिल्लास्तरीय बुद्धिचाल प्रतियोगिता सम्पन्न
नेपालगन्ज, प्रथम बाँके जिल्ला स्तरिय खुल्ला बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । जूनियर रेडक्रस सर्कल, नेपालगंज मोडेल एकेडेमीको अध्यक्ष सजना ज्ञवालीको सभापतित्वमा र बाँके जिल्ला बुद्धिचाल संघको अध्यक्ष करिश्मा कुमारी योगीको प्रमुख आथित्यमा सम्पन्न भएको चेस प्रतियोगितामा ५ राउण्डमा गरी जम्मा २५ जना खेलाडीहरु सहभागी भएका थिए ।
प्रतिस्पर्धि खेलाडिहरुले बाँके जिल्ला बुद्धिचाल संघको गतिविधीहरुमा सदैव आफुहरुको नैतिक, भौतिक समर्थन रहने उल्लेख गरेका थिए। सो बुद्धिचाल खेलमा संगम पोख्रेलले निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा खुल्ला तर्फ आयुष खत्री ५ अंकका साथ जिल्ला च्याम्पिएन घाेषित भएका छन भने, केशर वली ४ अंकका साथ दोश्रो, अनुपजंग शाह समान ४ अंक तेश्रो, दिपेश शाही चौथो र गौरव पौडेलले पाँचौ स्थान हासिल गरेका छन ।
त्यसै गरि महिला तर्फ आकृति बोहरा प्रथम र ज्योती शर्मा दोश्रो हुन सफल भएका छन । विद्यार्थी तर्फ कृषु चौधरी प्रथम तथा टेकराज कडेंल दोश्रो भएका छन् । आगामी हप्ता पुनः तिब्र रुपमा थप चेस प्रतियोगिताहरु हुने जानकारी बाँके जिल्ला बुद्धिचाल संघका सदस्य मदन वलीले जानकारी दिएका छन् ।