कृत्रिम पोखरीमा डुबेर तीन जना बालिकाको मृत्यु

तेह्रथुम, तेह्रथुममा कृत्रिम पोखरीमा डुबेर तीन जना बालिकाको मृत्यु भएको छ । छथर गाउँपालिका वडा नम्बर ६ सुदाप च्याङलुङ गाउँमा तीन जना बालिकाको मृत्यु भएको हो । स्थानियबासीले तरकारीमा सिँचाई गर्न प्लाष्टिक लगाएर बनाएको पोखरीमा जमेको पानीमा डुबेर शनिवार साँझ ६,७ र ८ बर्षका तीन जना बालिकाहरुको मृत्यु भएको थियो ।

मृत्यु हुनेहरुमा ६ बर्षिया रोजिना, ७ बर्षिया रञ्जना अनि ८ वर्षीया सुहाना लिम्बू छन । रञ्जना र रोजिना दिदी बहिनी हुन ।वडा अध्यक्ष टेकराज लिम्बुका अनुसार दिउँसो घरबाट खेल्न निस्कएका बालबालिकाहरु घर नआएपछि खोजी गर्ने क्रममा तीनै जनाको शव प्लाष्टिकको पोखरीमा फेला परेको हो ।एउटै गाउँका तीन जना बालबालिकाहरुको आकस्मात डुबेर मृत्यु भएपछि सुदाप गाउँ नै शोकमा डुबेको छ ।

आइतवार तीनै जना वालिकाहरु शरुको परीक्षणका लागि प्रहरीले सदरमुकाम म्याङलुङ लाने तयारी गरिरहेको छ ।तरकारीमा सिँचाई गर्न बनाइएको प्लाष्टिको पोखरीमा करिब ६ फिट गहिरो पानी थियो ।खेल्ने क्रममा दिउँसो गर्मी भएपछि बालिकाहरु लुगा खोलेर पौडी खेल्न पोखरीमा पसेको तर चिप्लिएर निस्कन नसक्दा डुबेर मृत्यू भएको हुनसक्ने स्थानियको आशंका छ ।घटनास्थल कोशी राजमार्ग स्थित सिँजुवा बजारदेखि करिब २० किलोमिटर टाढा पुर्व पर्दछ ।