प्रचण्ड र नेम्वाङबिच भेटबार्ता
प्रकासित मिति : २०७७ मंसिर २८, आईतवार १२:०७
प्रकासित समय : १२:०७
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संसदीय दलका उपनेता सुवास नेम्वाङबीच भेटघाट भएको छ ।
स्थायी कमिटी सदस्यसमेत रहेका नेम्वाङ कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्न आइतबार बिहान खुमलटार पुगेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट गएका नेम्वाङले भेटमा मिलेर अघि बढ्नु पर्नेमा जोड दिएका छन् ।
उनले कार्यकारी अध्यक्ष प्रचण्डलाई दुई अध्यक्ष मिल्नुको विकल्प नरहेको बताउँदै पार्टीमा एकता जोगाउन आग्रह गरेका हुन । पार्टीको आन्तरिक विवादलाई लिएर प्रधानमन्त्री ओली चिन्तित रहेको पनि नेम्वाङले बताएका थिए ।