दुई लाख भारूसहित एक जना पक्राउ

मोरङ, अबैध भारतीय रुपैयाँसहित एक जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । शुक्रबार विराटनगर महानगरपालिका – १७ ईस्लामपुर स्थित अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

एक लाख ९९ हजार रुपैयाँसहित भारतको पश्चिम दिल्ली बस्ने ५६ वर्षीय महेश चन्द्रलाई नेपाल प्रवेश गरेलगतै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

पक्राउ परेकाको साथबाट भारतीय रुपैयाँ ५०० को नोट ३ सय ९० वटा र दुई हजारको दुईवटा फेला परेको थियो ।