अर्थमन्त्री र फिनल्याण्डका राजदूतबीच भेटवार्ता
प्रकासित मिति : २०७७ मंसिर २६, शुक्रबार १६:५६
प्रकासित समय : १६:५६
काठमाडौँ, अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि फिनल्याण्डका राजदूत पेर्टी एन्टीनेनबीच शिष्टाचार भेटबार्ता भएको छ ।मन्त्रालयमा शुक्रबार भएको भेटवार्तामा अर्थमन्त्री पौडेलले नेपाल र फिनल्याण्डबीच सदैव सुखद र असल सम्बन्ध भएको उल्लेख गर्दै नेपालको विकासमा फिनल्याण्ड सरकारले गर्दै आएको सहयोगको लागि धन्यवाद व्यक्त गरेका हुन् ।
यस्तै, राजदूत एन्टीनेनले सन् २०२१ देखि २०२४ सम्म फिनल्याण्डले नेपालको लागि गर्ने विकास सहायता रणनीतिका बारेमा जानकारी गराए । उनले नेपालसंग सहकार्य गर्दै सहायता अभिबृद्धि गर्दै जाने समेत बताएका छन् ।
अर्थमन्त्री र राजदूतबीच द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन, पर्यटन प्रवर्द्धन, लगानी अभिबृद्धि तथा कोरोना महामारीको नियन्त्रण लगायतका विषयमा पनि छलफल भएको थियो ।