नेपालमा कोरोनाबाट थप ११ जनाको मृत्यु
प्रकासित मिति : २०७७ मंसिर २६, शुक्रबार १६:४२
प्रकासित समय : १६:४२
काठमाडौँ, नेपालमा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६६४ पुगेको छ ।
नेपालमा हाल संक्रिय संक्रमितको संख्या १२ हजार १४८ रहेको छ ।नेपालमा थप १ हजार ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार २७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ३२ हजार ८७२ संक्रमणमुक्त भएका छन् ।