नेपालमा थप १०४४ जनामा कोरोना संक्रमण पुष्टि
प्रकासित मिति : २०७७ मंसिर २६, शुक्रबार १६:२८
प्रकासित समय : १६:२८
काठमाडौँ, नेपालमा थप १ हजार ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ४४ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार २७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ३२ हजार ८७२ संक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ ।
यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६६४ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या १२ हजार १४८ रहेको छ ।