बाइडेन र ह्यारिस ‘टाइम पर्सन अफ दि ईयर’ घोषित

काठमाडौँ, विश्वको चर्चित पत्रिका टाइमले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई सन् २०२० को वर्ष व्यक्ति पर्सन अफ दि ईयर घोषणा गरेको छ।

टाइमले वर्षव्यक्ति विषेशगरी एक जनालाई बनाउने गरेतापनि कुनै बेला भने समुहलाई पनि घोषणा गराउने गरेको थियो ।बाइडेनले डोनाल्ड ट्रम्पलाई पराजित गरेर ह्वाइट हाउसको यात्रा तय गरेका हुन् । ह्यारिस अमेरिकाको पहिलो महिला उपराष्ट्रपतिमा निर्वाचित भएकी छन् ।

उनीहरुलाई अमेरिकालाई विभाजनबाट बचाउन र इतिहास परिवर्तन गर्न सक्षम भएको भन्दै सम्मानित गरिएको जनाएको छ ।