जापानमा तेस्रो लहरको संक्रमण, एकैदिन २ हजार ७३३संक्रमित
प्रकासित मिति : २०७७ मंसिर २६, शुक्रबार ०७:०१
प्रकासित समय : ०७:०१
काठमाडौँ, जापानमा कोरोनाभाइरस संक्रमणको तेस्रो लहर शुरू भएको छ।पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ७३३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो संक्रमणमा ५५५ जनामा गम्भीर लक्षण देखिएको छ ।
डिसेम्बर ९ अर्थात् गत बुधबार पनि त्यहाँ २ हजार ८३७ जना संक्रमित थपिएका थिए । त्यहाँ नोभेम्बरयता संक्रमण बढ्न थालेको छ।जापानका ६ वटा राज्यमा फेरि संक्रमण फैलिएको क्योडो न्यूज एजेन्सीले जनाएको छ ।
संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि त्यहाँ तेस्रो लहरको संक्रमण सुरू भएको विज्ञहरूलाई उद्धृत गर्दै जापानी सञ्चार माध्यमहरूले जनाएका छन् ।पछिल्लो वृद्धिसँगै जापानमा संक्रमितको संख्या एक लाख ६८ हजार ५७३ पुगेको छ । तीमध्ये एक लाख ४३ हजार ६ जना संक्रमणमुक्त भएका छन् ।२ हजार ४६५ जनाको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा मात्र त्यहाँ ४५ जनाको मृत्यु भएको छ ।