क्रान्तिकारी माओवादीको बिरोधसभामा प्रहरी दमन
बिरेन्द्रनगर, मोहन वैध्य (किरण) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) बिरोध सभामा प्रहरीले दमन गरेको छ ।बिहिबार सुर्खेतको बिरेन्द्रनगरमा आयोजित राष्ट्रघात, जनघात, महङङ्गी, भ्रष्टाचार, बलात्कार र सामाजिक न्याय प्रतिको सरकारी उदासिनता विरुद्ध गरिएको विरोध सभामा प्रहरीले दमन गरेको हो ।
उक्त बिरोध सभामा बोल्दै नेकपा(क्रान्तिकारी माओवादी)का केन्द्रिय सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका कर्णाली प्रदेश संयोजक दिपक बहादुर शाहीले यसो दलाल संसदीय व्यवस्थाका विरुद्धमा नयाँ जनवादी व्यवस्था स्थापना गर्न सम्पुर्ण बुद्धिजीवी, देशभक्त, किसान, मजदुर, विद्यार्थी, महिला लगायत आम नेपाली उत्पीडीत जनसमुदाय एक जुट हुन आवह्नन गरेका छन् ।
उनले देशमा भएको अन्याय अत्याचार, राष्ट्रघात, जनघात, भष्टाचार आदिको अन्त्य गर्नका लागि देशभक्त क्रान्तिकारीहरुले देशव्यापी कार्यक्रम माथी प्रहरीले गरेको थुनछेक र दमनको घोर भत्सर्ना गर्दै यस्तो निरङ्कुस दमनले क्रान्तिकारी आन्दोलनलाई अझ प्रभाबशाली बनाउने कुरा बताए ।
कार्यक्रममा बोल्दै क्रान्तिकारी माओबादीका सुर्खेत जिल्ला सेक्रेटरी श्याम कार्कीले देश संक्रमणकाल हुँदै संकटकालीन अवस्थामा पुगेको बताउँदै सत्ताधारी शासकहरु र आम श्रमजिवी जनताको अन्तरविरोधले क्रान्तिकारी शक्तिलाई सहयोग पुग्ने बताएका छन् ।