सुर्खेतमा लैगिंक हिंशा बिरुद्धको १६ दिने अभियान समापन
सुर्खेत, कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा लैगिंक हिंशा बिरुद्धको १६ दिने अभियान समापन भएको छ । बिहिबार साँझ सुर्खेतको जन मावि नजिक रहेको पिपल चौतारामा दिप प्रज्वलन गरेर कार्यक्रमको समापन गरिएको हो ।
लैगिंक हिंशा बिरुद्धको १६ दिने अभियानमा भर्चुअल माध्यमबाट वक्तित्वकला प्रतियोगिताको आयोजना गरी पुरुस्कार वितरण गरिएको थियो ।उक्त समापन कार्यक्रमलाई बिरेन्द्रनगर नगरपालिकाकी उपमेयर मनमाया ढकालले संबोधन गरेकी थिइन् । कार्यक्रममा वोल्दै उपमेयर ढकालले लैगिंक हिंशा अन्त्य गर्र्दै र समृद्ध समाज निर्माण गर्नु हामि सबैको कर्तव्य भएको बताएकी छन् ।
गाउँदेखि सहर सम्म सचेतना जगाउने कार्यमा हामि सबै लागिपरेका छौँ । यस कार्यक्रममा साथ र सहयोग गर्ने सम्पुर्ण निकायहरुलाई आफ्नो र नगरपालिकाको तर्फवाट धन्यवाद ब्यक्त गर्दै कार्यक्रमलाई समापन गरेकी थिइन् । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

