नेपालमा थप १ हजार २१७ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ मंसिर २५, बिहीबार १६:४०
प्रकासित समय : १६:४०
काठमाडौँ, नेपालमा थप १ हजार २१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार २१७ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ३१ हजार ६०१संक्रमणमुक्त भएका छन् ।
आज कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६६३ पुगेको छ ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या १२ हजार ३८६ रहेको छ ।