अनाथ आश्रमलाई खत्याडका युवाहरुद्धारा सहयोग
प्रकासित मिति : २०७७ मंसिर २५, बिहीबार १६:२७
प्रकासित समय : १६:२७
मुगु, मुगु जिल्लाको खत्याड गाउँपालिका स्थित जेटिएम बाल अनाथ आश्रमलाई स्थानिय ११ जना युवाहरु मिलेर आर्थिक सहयोग गरेका छन् ।
स्थानिय युवा अनन्त राज जैशीको जन्मदिनको अवरसरमा उक्त सहयोग गरिएको हो ।उक्त जन्मदिनमा आर्थिक रकम संकलन गरी उक्त संकलित रकमबाट बाल अनाथ आश्रमलाई चाहिने, कार्पेट, पिफर्म, दाल, चामल र केही स्टेस्नरी लगायतका सामाग्रीहरु खरिद गरेर सहयोग गरेका छन् ।
सहयोग गर्ने युवाहरुमा अनन्त राज जैसी, खगराज रोकाया, कमल कार्की, दल बहादुर कार्की, नर बहादुर बुढा, भिम बहादुर थापा, धनसिह रोकाया, बिबिजङ्ग शाही, सेर बहादुर खड्का, बिमल कार्की र अखण्ड कार्की मिलेर ४१ हजार २ सय रुपैया सहयोग गरेका छन । परोपकार नै जिबनको मुल आधार हो भन्ने मुल मर्मका साथ उक्त सहयोग गरिएको स्थानिय समाजसेवी युवा खगराज रोकायले बताए ।

