सुर्खेतमा राष्ट्रिय जनमोर्चाको विरोध सभा
सुर्खेत, राष्ट्रियता गणतन्त्रको रक्षा गरौँ, संघियता खारेजी गरौं भन्ने मुलनाराका साथ सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय जनमोर्चाले विरोध सभा गरेको छ। बिरोध सभालाई संम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गोविन्द प्रसाद सुबेदीले नेकपाका नेताहरुको सत्ता र पद लोलुप्ताका कारण नेपाली जनतामा निरासा छाएको र राजावादीले मौकाको फाइदा उठाएर राजतन्त्रको पक्षमा सडकमा शक्ति पर्दशन गरेर गणतन्त्रलाई धरापमा पार्ने हर्कत गरिरहेको बताएका छन् ।
यसैगरी बिरोध सभालाई संबोधन गर्दै राष्ट्रिय जनमोर्चाका कर्णाली प्रदेशका उपाध्यक्ष धनप्रसाद देवकोटाले बर्तमान सरकारलाइ लक्षित गर्दै यसो भने सरकार लाजपचाएर रमिते बनीरहेको,भष्ट्राचार ,सिमाना विबाद समस्याको बारेमा सरकारले उल्लेखनिय काम नगरेको र कुराले मात्रै जनतालाई ठिक पार्ने काम बाहेक माखो नमारेको कुरा बताएका छन् ।
बिरोध सभाको अन्य बक्ताहरुमा कमल बिक्रम शाही, जातिय समाता समाजका लालबहादुर नेपालीले पनि मन्तव्य राखेका थिए । भने कोणसभाको सन्चालन बिष्णु शर्माले गरेका थिए ।