उपत्यकामा थप ५०७ जनामा कोरोना संक्रमण पुष्टि
प्रकासित मिति : २०७७ मंसिर २४, बुधबार १६:४८
प्रकासित समय : १६:४८
काठमाडौँ, पछिल्लो २४ घण्टामा उपत्यकामा थप ५०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ३९३, ललितपुरमा ७५ तथा भक्तपुरमा ३९ संक्रमित थपिएका छन् ।
आज देशभर थप १ हजार ५६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ४८३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हालसम्म २ लाख ३० हजार ५३७ संक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप १४ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६५१ पुगेको छ ।