नेपालमा कोरोनाबाट थप १४ जनाको मृत्यु
प्रकासित मिति : २०७७ मंसिर २४, बुधबार १६:४०
प्रकासित समय : १६:४०
काठमाडौँ, नेपालमा कोरोनाबाट थप १४ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६५१ पुगेको छ ।
नेपालमा हाल संक्रिय संक्रमितको संख्या १२ हजार २४५ रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ५६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ ।