नेपालमा थप १ हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि

कुल संक्रमितको संख्या २ लाख ४४ हजार ४३३

काठमाडौँ, नेपालमा थप १ हजार ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ५६ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ४८३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ३० हजार ५३७ स‌ंक्रमणमुक्त भएका छन् । 

आज कोरोनाबाट थप १४ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६५१ पुगेको छ ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या १२ हजार २४५ रहेको छ ।