एआईजीको दरबन्दी तत्काल कार्यान्वयन नगर्नूः राज्य व्यवस्था समिति
प्रकासित मिति : २०७७ मंसिर २४, बुधबार १५:३७
प्रकासित समय : १५:३७
काठमाडौँ, प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले प्रहरी अतिरिक्त महानिरीक्षक एआइजीको दरबन्दी थप्ने निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेको छ ।
बुधबार बसेको समितिको बैठकले एआईजीको दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न तथा फिर्ता लिन सरकारलाई निर्देशन दिएको हो ।दरबन्दी थप गर्नका लागि गृह मन्त्रालयले पठाएको ओएनएम ३ मंसिरमा बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो ।