८ दिन देखि दुई वालिका वेपत्ता

अछाम, अछामको पंञ्चदेवल विनायक नगरपालिका ६ तोलि घर भएकी दुईजना वालिका वेपत्ता भएकी छन् । उनिहरु हराएको ८ दिन पुग्दासम्म पनि अझै भेटिएकि छैनन् ।

पंञ्चदेवल विनायक नगरपालिका ६ तोलि स्थित धन्वन्तरी मा विमा कक्षा दशमा अध्यनरत रतनसिह रावलकी छोरी कृष्णा रावल र देव वहादुर रावलकी छोरी करिष्मा रावल गत मंसिर १७ गते घरवाट वेपता भएकि हुन । किन र कहाँ गइन भन्ने कुरा अझै पत्ता लागेको छैन । सवैतिर खवर गर्दा पनि नभेटिएको र खोजि कार्य जारि राखेको उनका अभिभावक भरत रावलले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय मंगलसेन अछामका अनुसार आफुहरुलाई केही दिन अघि मात्र जानकारी भएको र जानकारी हुनासाथ सवैतिर खवर प्रवाह गरेपनि भेटिएको खवर नआएको वताएको छ । यधपि सो घटनाको खोजि कार्य र अनुसन्धान भैरहेको पनि वताएको छ ।