महरालाई विशेष भूमिका दिन दुवै पक्ष सहमत
काठमाण्डौ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद समाधानमा अपेक्षाकृत प्रगति नभएपछि दुवै पक्षका नेताहरुले पूर्व सभामुख कृष्ण वहादुर महरालाई सक्रिय बनाउनु पर्ने निष्कर्षमा पुगेका छन् । त्यही अनुसार उनलाई केही दिनभित्रै कुनै प्रभावकारी भूमिका दिने तयारी भैरहेको बताएका छन् । त्यसको लागि प्रधानमन्त्री केपी ओली समेत सहमत भैसकेको नेकपा स्रोतले जानकारी गराएको छ । नेकपा विवाद मिलाउनको लागि विगत केही महिनादेखि निरन्तर प्रयास भैरहे पनि सफल भएको छैन । दुवै गुटमा भन्दा पनि बिचको भूमिकामा रहेर दुवै पक्षलाई मिलाउन सक्ने नेता नभएकोले नै विवाद समाधान हुन नसकेको निष्कर्षमा दुवै पक्षका नेताहरु पुगेका छन् ।
अहिले जिम्मेवारीमा रहेका नेताहरु या त ओली गुटमा सक्रिय छन् या त प्रचण्ड–नेपाल गुटमा छन् । उनीहरुले जति गर्दा पनि एक अर्को पक्षलाई मान्य हुने गरि प्रस्ताव तयार हुनै नसकेकोमा दुवै पक्षका नेताहरु सहमत देखिएका छन् । ओली पक्षप्रति लचिलो भए पनि विगतमा महासचिव विष्णु पौडेल दुवै पक्षको लागि सर्व स्विकार्य थिए । उनले अरुको तुलनामा तठस्थ धारणा राख्ने गरेकोले जुनसुकै गुटका नेताहरु पनि उनको प्रस्तावप्रति लचिलो वा सहमत हुन्थे । तर, अहिलेको विवादमा पौडेलले आक्रामकरुपमा ओलीलाई साथ दिइरहेका छन् । त्यसैले उनको प्रस्ताव माधव–प्रचण्ड गुटले स्विकार नगरिरहेको अवस्था छ ।नेताहरुले गुटको कुरा मात्रै गर्ने सहमतीको ठोस वातावरण बनाउन नसकेपछि त्यस्तो व्यक्तिको खोजी गर्ने क्रममा महरा उपयुक्त पात्र हुने निष्कर्षमा दुवै पक्ष पुगेको बताइन्छ ।
जनयुद्धकालदेखि नै अध्यक्ष प्रचण्डका सबैभन्दा भरपर्दा नेता भए पनि उनले पार्टी भित्रका विवादहरुमा संयोजनकारी भूमिका खेल्दै आएका थिए । विपक्षीहरुसंग समेत शालिनतापूर्वक प्रस्तुत हुने उनको स्वभावका कारण सबैले उनलाई विश्वांस गर्दै आएका थिए । अमेरिकी सहयोग सम्वन्धि परियोजना एमसिसी पारित गर्ने विषयमा प्रधानमन्त्री ओलीसंग मत बाझिएपनि अहिले समेत महराको भूमिका बढाउनु पर्ने पक्षमा रहेको बताइएको छ । ‘शायद महरा सक्रिए भएको भए प्रचण्डहरुले यसरी आफ्रमाथि निरन्तर प्रहार गर्ने स्थिति आउंदैनथ्यो कि भन्ने उहांलाई लागेको हुनसक्छ । १ वर्षभन्दा लामो समयदेखि भूमिकाविहिन रहेका महरालाई विशेष जिम्मेवारी दिन ओली पक्षकै नेताहरुले प्रस्ताव गरिरहनु भएको छ’ नेकपाका एक नेताले भने ।
जर्वजस्तीकरणी आरोपमा सभामुखबाट राजिनामा दिएपछि भूमिकाविहिन भएका महरालाई अदालतले निर्दोषसावित गरे पनि नेकपाले भने कुनै जिम्मेवारी दिएको छैन । पार्टी विवाद मिलाउनकै लागि उनलाई सचिवालयमै थप गर्ने विषयमा समेत छलफल शुरु भएको छ । महरा एक्लैलाई सचिवालयमा थप्न नमिल्ने अवस्था भएकोले उनीसंगै दुवै खेमाका केही नेताहरु थपेर सचिवालयलाई १३ वा १५ सदस्यिय बनाउने तयारी भैरहेको बताइएको छ । सचिवालयमा थपिने संभावित नामहरुमा महरासंगै ओली पक्षबाट शंकर पोख्रेल र सुवास नेम्वाङ तथा प्रचण्ड–माधव पक्षबाट महरा र अष्टलक्ष्मी शाक्य छन् ।
युवराज ज्ञवाली, भीम रावल , जनार्दन शर्मा, घनश्याम भुषाल, पम्फा भुषाल, वर्षमान पुनसमेत सचिवालयका दावेदारहरु भएपनि संख्या धेरै नराखिने भएकोले उनीहरुको संभावना लगभग देखिदैन । महासचिव पौडेलसमेत विवाद समाधानको लागि असफल भएको भन्दै अहिलेको सचिवालय विघटनको पक्षमा उभिएकै बेला नेताहरुबीच दुवै गुटका केही प्रभावशाली नेताहरुलाई थप गरेर सचिवालय अझ प्रभावकारी बनाउने तयारी भएको हो । महरा लगायतका नेताहरुको मनोनयले सचिवालय सांच्चैको प्रभावकारी होला रु त्यसबारेमा भने नेकपाकै उच्च नेताहरुसमेत आश्वस्त हुन सकिरहेका छैनन् ।