सडकमा दुईफिट उफ्रिदैमा राजतन्त्र फर्किदैन्
राजनीतिक दलका नेताप्रतिको जनताको निराशा केही राजबादीले सडकमा बोकेर आउदैमा राजतन्त्र फर्किदैन्न, जनताले सडकमा देखाएको आवज देशमा कार्यकारी प्रमुख जनताको प्रत्यक्ष मतबाट आउनु पर्छ भन्ने हो।
सत्तापक्ष दल भित्रको राजनैतिक पदको आपसी विवाद सरकारको भुमिका बिषयलाई लिएर महिनौं देखि भएको आपसी बिवादलाई एउटा निष्कर्ष पुर्याउने र आ-आफ्ना अडान बाट पछि सरेर सहमतिको बाटोमा जानू नै एक मात्र बिकल्प छ यसरी निर्णय पनि एउटालाई मान्य भए अर्कोलाई अमान्य हुने अवस्था छ ।सिङ्गो नेकपा लाई विश्वास गर्ने नेता कार्यकर्ताहरू कुनै हालतमा पनि नेकपा फुट्दैन, फुट्न दिँदैनौं भन्छन् वास्तवमा धेरै नेता कार्यकर्ताको मेहन्त बलिदान र त्यागबाट पार्टि सिर्जना भएको हुन्छ जसले संगठनात्मक सफलता निष्ठा र जनताको काम र जनताले गरेको बिश्वासकै परिणाम हो जनमत त्यसैले सबै कार्यकर्ता जन्ताले पार्टी फुट्नु हुदैन्न दिदेनौ भने गर्छन् नेपालको राजनीतिक दल भित्रका कार्यकर्ताले पार्टी फुटाएका उदाहरण छैनन्, नेताले नै फुटाउने हो।नेताको पछी लागेर कार्यकर्ता उफ्रिने कोही स्वार्थमा डुब्ने मात्र हुन्।
राजावादीहरू कांग्रेस र कम्युनिस्ट दुवै असफल भए, अब हामीले नै मुलुक सम्हाल्ने हो, राजतन्त्र र हिन्दु राष्ट्र फर्काउनुपर्छ, संघीयता खारेज गर्नुपर्छ, अर्को उपाय छैन भनेर अलि चर्को स्वर निकाल्दै सडकमा पुग्न थालेका छन्, यो एउटा पश्चगमनको बाटो मात्र हो।
देशको राजनीति नेतृत्वको बागडोर समालेका दल र तीनीहरुका नेताहरु पछिल्लो समयमा उनीहरुले पदीय जिम्मेवार र कर्तव्य पूरा गर्ने भन्दा पनि आफ्ना नस(नाता र जीवन बिलासीता बिताउन पदको चरम दुरुपयोग गर्ने राजनैतिक नेता कार्यकर्ता केन्द्रीत काम र भ्रष्टाचारले आक्रान्त, नागरिकको जन जीविकाको सवालमा केही काम हुन नसक्नाले जनता प्रती निराशा भन्ने बढेकै छ त्यसैले आज पदीय लडाईमा फसेको नेतृत्वले जनता वाक हुदा आज त्यसको असरलाई राजावादीले जनताको निरशालाई सडकमा ल्याएर बितन्डा मचाउने काम गरेका छन् जुन समयमै नियन्त्रण गर्नु जरुरी छ।
यसरी संसदीय रुपमा कार्यकारी प्रमुखको रहने हुदा चुनाब पछि दलका नेता सर्बे सर्वो हुने र पदमा पुग्नको लागि गणितको अभियास गर्ने परिपाटी आएको छ जसले गर्दा नेताको मनोकांक्षा बढ्ने र राजनीतिक खिच्चातानी हुने गरेको छ जसले गर्दा आज देशमा प्रत्यक्ष शासन हुने गरि शाशक छान्ने जन चहाना बढेको छ त्यसैले आज आन्दोलीत हुँदै जादा राजा वादी हु भन्नेहरु प्रतिगामीहरुले जनताको निराशाको आवजमा आफु मिसाएर आरजक ढङ्गले समाजलाई बिथोल्ने काम गर्दै छन् जसलाई नेपालका सत्ता पक्ष र प्रतिपक्ष दल दुबै मुखदर्शक भएका छन्।
धर्मको नाममा हिन्दु राज्यको नारा हैन अब नेपाललाई धर्मिक स्वतन्त्र कायम गर्नु पर्छ धर्म सबै जात जाती र नेपाली समुदाय भित्ररहेको सम्पूर्ण धर्मलाई उत्तकै मान्यता दिने र संरक्षण गर्न राज्यले स्पष्ट नीति हुनु पर्छ जसले सबै बिच सद्भाव र एकता कायम गरिनु पर्छ यसरी समाजलाई बिभाजन गर्ने किसीमका गतिविधि गर्ने र देशमा ठुलो त्याग त बलिदानिले ल्याएको व्यबस्थ बिरुद्ध हुने जुनसुकै किसीमका क्रियाकलाप बन्द गर्न सरकारले तत्काल कदम चाल्नु पर्छ।यसरी सत्ता र नेता प्रती निराशलाई अब संबोधन संविधानका व्यवस्था एवं प्रावधानहरू यसले व्यवस्था गरेको मान्यता र प्रणालीको संवर्द्धन तथा प्रवर्द्धनका लागि हुन्।
विध्वंस र प्रतिक्रान्तिका लागि र जुन व्यवस्थालाई जनताको मत बाट अस्वीकृत गर्दै फालिएको राज सस्थालाई बोकेर हिड्ने भनेका राजनीति भित्रको प्रतीक्रान्ति हुन जुन अब नेपाली राजनीतिमा भन्नौ यहाँ नेतृत्व कहिले पनि आउन सक्तैन्न यसरी जनताको निराशालाई संबोधन गर्ने नाममा आन्दोलनको बाटोमा आएकालाई म भन्न चहान्छुकी चुनाबमा आफ्ना एजेन्डा लिएर आउन र जनमत लिएर संबिधानबाट पुनर्बाली हुने बाटो भन्ने संबिधाने दिएको छ तर अब आन्दोलन बाट भन्ने यो संभव हुदैन्न। संविधानको प्रयोग र संशोधन यहिलेको सडकमा देखिएको विध्वंसलाई व्यवस्थापन गर्न सक्ने छ तसर्थ यसलाई प्रतिक्रान्ति भन्ने बुझुिन्छ जसलाई निश्तेज गर्दै जनताको निरशालाई एक मात्र बिकल्प रहित गणतन्त्र भित्रनै संबोधन गर्नु पर्ने अहिलेको आवश्यकता हो।