फ्रान्समा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु
प्रकासित मिति : २०७७ मंसिर २४, बुधबार ०६:४२
प्रकासित समय : ०६:४२
एजेन्सी, फ्रान्समा हेलिकप्टर दुर्घटनाबाट पाँचजनाको मृत्यु भएको छ ।फ्रान्सेली अल्पस्मा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो।
एक निजी कम्पनीको हेलिकप्टर साभोई क्षेत्रको बोनभिलारमा दुर्घटना भएको बीबीसीले उल्लेख गरेको छ ।
उद्धारका लागि गएको हेलिकोप्टर दुर्घटना हुँदा ६ मध्ये ५ जनाको मृत्यु भएको हो । दुर्घटनाको कारण खुलेको छैन । खराब मौसमले दुर्घटना भएको हुने अनुमान गरिएको छ ।