करिब १५ महिना पछि रिहा भए अखिल क्रान्तिकारीका नेता रावल
नेपालगन्ज, विप्लव नेतृत्वको सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी)का नेता उपेन्द्र रावल रिहा भएका छन् ।संगठनको भेरी-कर्णाली ब्युरो सदस्य तथा हुम्ला जिल्ला संयोजक समेत रहेका रावल १५ महिनाको हिरासत बसाई पछि रिहाई भएका हुन् ।
गएको बर्ष(२०७६) भाद्ध महिनामा संगठनको कामकै शिलशिलामा हुम्लाको सिमिकोटबाट गिरफ्तार गरिएका विद्यार्थी नेता रावललाई प्रहरीले गिरफ्तार गरेर राज्य बिरुद्धको अपराधको मुद्धा चलाएको थियो ।
जिल्ला अदालत हुम्लाबाट सफाई पाएपछि बिहिवार नेता रावल रिहाई भएका हुन् ।
सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाए संगै पार्टीका उच्च तहका हजारौँको संख्यामा नेता, कार्यकर्ता तथा समर्थकहरुलाई सरकारले गिरफ्तार गरेर विभिन्न जिल्लामा मुद्धा चलाउदै आएको छ ।
विप्लव नेतृत्वको नेकपाले भने आफ्ना नेता कार्यकर्ता तथा समर्थकहरुलाई सरकारले विना कारण राजनीतिक पुर्वाग्रहका आधारमा गिरफ्तार गरेर दुख दिरहेको बताउदै आएको छ ।