यस अवधिमा मानव अधिकार उल्लंघन भएको भनी १३२ उजुरुीहरू दर्ता भएको, नयाँ दर्ता भएका र पुराना गरी ७९५ उजुरीमाथि अनुसन्धान सम्पन्न भएको छ । मावन अधिकारका विविध विषयमा १२८ पटक अनुगमन भएको छ ।
प्रतिवेदन पेस गर्ने क्रममा आयोगका सचिव वेद भट्टराईले समाजमा जातीय भेदभावको विद्यमान स्थिति, जीवनको अधिकारमा चुनौती, उपभोक्ताका अधिकारहरू कुण्ठित हुनु, शिक्षा तथा स्वास्थ्य सेवामा सबैको पहुँच हुन नसक्नु जस्ता परिस्थितिले नागरिकका संविधान प्रदत्त हक प्रचलनमा अझै सहज वातावरण बन्न नसकेको बताए ।
साथै वैदेशिक रोजगारीमा गएका श्रमिकहरू श्रम शोषणमा पर्ने गरेको, महिला तथा बाल हिंसाका कारण जनजीवन असहज अवस्थमा रहेको, सीमान्तकृत समुदाय, आदिवासी जनजाति, अपांगता भएका व्यक्ति, दलित, महिला, अल्पसंख्यक, ज्येष्ठ नागरिकलगायतको अधिकारको संरक्षणमा राज्यले विशेष ध्यान पुर्याउन नसक्दा ती वर्ग एवं समुदायका अधिकारहरू सुनिश्चित हुन नसकेको र कोभिड-१९ को कारण विश्व समुदायसँगै नेपाल पनि प्रभावित बनको अवस्थामा जनताको स्वास्थ्य क्षेत्रमा नकारात्मक असर परेको उल्लेख गरेका छन् ।
आयोगको प्रतिवेदनले औँल्याएका विषयको कार्यान्वयन तथा नागरिकको मानव अधिकार संरक्षण र सम्वर्धनमा संवेदनशील हुन आयोगले नेपाल सरकार तथा सम्वध्द सबै पक्षलाई आग्रह गरेको छ भने भविश्यमा सुधारको अपेक्षा गरेको छ ।