ब्रेक्जिटबारे निर्णय लिन बेलायतलाई दबाव, ईयूसँग छलफल जारी
काठमाडौं, बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युरोपेली युनियनका अध्यक्ष उर्सुला भोन डेर ल्येनसँग भेटवार्ता गर्ने भएका छन् ।ब्रेक्जिट सहमति गर्नुपर्ने बाध्यात्मक सीमा नजिकिँदै जाँदा बेलायत र युरोपियन युनियनका पदाधिकारीबीच भेटवार्ता र छलफल जारी रहेका छन् । प्रधानमन्त्री जोनसनले अध्यक्ष उर्सुला भोनसँग भएको टेलिफोन वार्ता पछि आगामी हप्ता पुन छलफल गर्ने बताइएको छ ।
ब्रेक्जिट सहमतिका लागि बेलयतलाई युरोपियन युनियनले निरन्तर दवाव दिएकाले केही शर्तहरु संशोधन गरेर भएपनि बे्रक्जिट सहमति गर्न बेलायत तयार रहेको हो । ब्रेक्जिट सम्झौता नगरेर आगामी जनवरी १ देखि विश्व व्यापार संगठनमा सहभागी हुन नपाउने व्यवस्थाका कारण बेलायतलाई पुनः ब्रेक्जिटमा सहभागी हुन दबाव परेको हो ।
यता बेलायतका अधिकारीहरुले प्रधानमन्त्री जोनसनलाई भौतिक रुपमा उपस्थित भएर वार्ता गर्न दवाव दिएका छन् । उनीहरुले आफ्ना राष्ट्रको हतिविपरीत कुनै सम्झौता नगर्न पनि ध्यानाकर्षण गराएका छन् । बेलायतले गत वर्षको जनवरीबाट युरोपियन युनियनको ब्रेक्जिटबाट अलग भएको घोषणा गरेको थियो ।
बेलायतको उत्त, निर्णयको ११ महिना नबित्दै पुन ब्रेक्जिटमा सहभागीताबारे बेलायतले छलफल थालेको हो । बेलायत र युरोपियन युनियन आवद्ध राष्ट्रहरुमा आदान प्रदान हुने सामग्रीको कर तथा भन्सार छुटलगायतका विषयमा सहमतिको प्रयास भइरहेको बीबीसीले जनाएको छ ।यता बजेट उत्तरदायित्वका लागि बेलायतको कार्यालयले युरोपियन युनियनसँग शुल्क निर्धारण र एकल व्यापारबारे सम्झौता नभए आगामी वर्ष २ प्रतिशतले राजस्व कमि हुने समेत चेतावनी दिइसकेको छ । एजेन्सी