कृषि कानूनको विरोधमा भारतमा आम हड्ताल

काठमाडौँ,कृषि कानूनको विरोधमा किसानहरूले आज भारतमा आमहड्ताल गरेका छन् ।कृषि कानूनको विरोधमा १३ दिनअघि सुरू आन्दोलनलाई केन्द्र सरकारले वेवास्ता गरेपछि किसानहरूले आमहड्ताल घोषणा गरेका हुन् ।किसान आन्दोलमा १८ वटा राजनीतिक दलले पनि ऐक्यवद्धता जनाएका छन् । किसान नेता बलवीर सिंह राजोवालका अनुसार साँझसम्म नै बन्द भए पनि चक्काजाम भने दिउँसो ३ बजेसम्म मात्र गरिनेछ।

बन्दमा दूध-सब्जी पनि आपूर्ति रोक्न आह्वान गरिएको छ । तर अस्पताल, एम्बुलेन्सजस्ता आपतकालीन सेवा र विवाह भने नरोकिने उनले जनाए ।

केन्द्र सरकारले जारी गरेको कानूनले संयुक्त रूपमा कृषि उत्पादनको विक्री, मूल्य निर्धारण र भण्डारणसम्बन्धी नियमलाई खुकुलो बनाएको छ । जसले कृषि क्षेत्र पूँजीपति या व्यवसायिक घरानालाई सुम्पिने नियत रहेको किसनाहरूको आरोप छ । यसले कृषकहरूलाई खुला बजारमा सहज पहुँच उपलब्ध गराउन पनि मुस्किल पार्ने ठानिएको छ।